काठमाडौं : मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
शुक्रबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । बैठक दिउँसाे ४ बजेका लागि बोलाइएको छ ।