काठमाडौं : कानून न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ । शुक्रबार बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रन्जु झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर सदस्य छन् ।
द्वन्दका पीडित पक्ष, आयोगका पूर्व पदाधिकारी, मानव अधिकार आयोग लगायतसँग छलफल गरी उपसमितिले प्रतिवेदन तयार पार्ने छ । उपसमितिलाई तीन साताको समय दिइएको छ ।