संस्थाको बिरासत जोगाउन सके एनआरएनए नेपाल र नेपालीको उन्नतीमा सहयोगी भैरहन सक्छ , महेश श्रेष्ठ, उपाध्यक्ष एनआरएनए

0

गैर आबासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले बिदेशमा बसेका नेपालीहरुलाई सुख दु:खमा सहयोगी हुने र भरोशा दिन सक्ने संस्था ‘गैर आबासीय नेपाली संघ’ प्रति विश्वाश गुमेको अवस्था आउनु दु:खद भएको बताएका छन ।

युरोपका बिभिन्न देशका नेपालीहरु सँग साक्षातकार गरी रहेका श्रेष्ठले एनआरएनए स्पेनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एउटा चुनावमा भएको कमजोरी र नेत्रित्वमा रहेका केही ब्यक्तिको स्वार्थका कारण पचास लाख प्रबासी नेपालीहरुलाई एकताबद्द गर्न सक्ने संगठनलाई  नष्ट गरेर कसैलाई पनि फाईदा हुँदैन भनेकाछन ।

उनले नेत्रित्व प्रति बित्रिष्ण र संगठन प्रतिको  चिन्तालाई विश्वाशमा परिणत गर्न आगामी नेत्रित्वले पहल गरेर सबैलाई एकताबद्ध बनाइ संगठनलाई बलियो बनाउन आह्वान गरेकाछन ।

संस्थागत प्रकृयामा अशन्तुष्ट भएर बहिर रहेका एनआरएनहरुलाई पनि समेट्ने प्रयास भएको पनि श्रेष्ठको भनाइछ । नेपाल सरकार, अदालत लगायत राष्ट्रिय अन्तरराष्ट्रिय एजेन्सीहरुले एउटा एनआरएनएको अस्तित्व र पहिचानलाई पहिचान र मान्यता दिएकाले मिल्दोजुल्दो लोगो र नाम प्रयोग गरेर भ्रम सिर्जना गर्ने काम जायज नभएको श्रेष्ठले बताएकाछन ।
उनले नेपाल सरकार र एनआरएनए मिलेर दर्ता भएको संस्थालाई बलियो बनाएर आगामी दिनमा सहकार्य र साझेदारि गर्नु उपयुक्त हुने बताएकाछन । संस्थाको भबिष्य बारे चिन्ता प्रकट गर्नेहरु सँगको अन्तरकृयामा श्रेष्ठले संस्था बनाउन भएको मिहिनेतलाई सम्मान गरेर आगामी दिनमा बिधी पद्धति अनुसार गतिबिधी गर्न अनुरोध गरेकाछन ।

वर्तमान कार्यसमितिमा तीन जना अध्यक्ष हुदाँ सार्वजनिक रुपमा नराम्रो देखिए पनि संघभित्र बाहिर हल्ला भए जस्तो ठूलो समस्या छैन भन्दै उनले गैरआवासीय नेपाली संघको नाम, लोगो संरक्षण गर्नु बर्तमान कार्यसमितिको कर्तव्य भएको बताए ।

नेपालमा एनआरएको (लोगो ) ट्रेडमार्क दर्ता भए पछि एनआरएनएको नाम र लोगोको दुरुपयोग नगर्न सार्वजनिक गरिएको बिज्ञप्तिको बिषयमा सहभागिहरुले गरेको प्रश्नको जबाफमा श्रेष्ठले उक्त कुरा बताएका हुन । एनआरएनएको आगामी अधिबेशन एकता र सहमतिको हुने पनि उनले विश्वाश दिलाएकाछन ।

Leave A Reply

Your email address will not be published.