मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

0

काठमाडौं : सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दोस्रो जनआन्दोलनमा घाइते भएका कायस्थको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई ‘जिउँदो शहीद’ भनेर चिनिन्थ्यो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका कायस्थको ओछ्यानको बास भएको थियो । त्यसबेला उनी १४ वर्षको मात्र थिए ।

Leave A Reply

Your email address will not be published.