वार्तामा बस्न उच्चायुक्तको आग्रह

0

काठमाडौं, ७ असोज । मानवअधिकारका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले नयाँ संविधानका विषयलाई लिएर नेपालमा भइरहेका हिंसात्मक गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बद्ध सबै पक्षलाई वार्तामा बस्न आग्रह गरेको छ । नयाँ संविधान अनुमोदनसँगै शान्ति प्रक्रियाको महत्वपूर्ण बिन्दुमा नेपाल पुगेको उल्लेख गर्दै उक्त कार्यालयले जारी गरेको विज्ञप्तिमा हिंसाका घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगले गरेको आह्वानप्रति पूर्ण समर्थन रहेको जनाएको छ । प्रदर्शनकारीलाई हिंसा त्याग्न तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न र सुरक्षाकर्मीलाई संयमित रही बल प्रयोग नगर्न पनि उक्त कार्यालयले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.