गण्डकीमा मन्त्रिपरिषद् विस्तार : दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

0

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डले  नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसी, माओवादीका रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज अपराह्न ४ बजे हुने बताइएको छ ।

एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave A Reply

Your email address will not be published.