यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

0

काठमाडौं : बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् । शुक्रबार उनलाई फाउन्डेसनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिरिएसँगै प्रहरीले ७५ वर्षीय राईलाई पक्राउ गरेको हो ।

कृषि विज्ञका रूपमा परिचित राईले आफैंले खोलेको फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको सम्बन्धी समाचार बिहीबार सेताेपाटी डटकमले प्रकाशित गरेको थियो ।

फाउन्डेसनका संस्थापकसमेत रहेका राईले किशाेरी तथा बालिकाका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने र नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको पीडित किशोरीहरूको बयान सेतोपाटीले प्रकाशित गरेको थियो ।

उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालय परिसरमा चल्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.