एनआरएनए युरोपको १५ औ क्षेत्रीय बैठक चेक रिपब्लिकको राजधानी प्रागमा सुरु ,

0

गैर आबासीय नेपाली संघको १५ औ युरोपियन क्षेत्रीय बैठकको गणतन्त्र चेज रिपब्लिकको राजधानी प्रागमा उद्घाटन भएको छ । तीन दिन सम्म चल्ने युरोपियन देशका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, आईसिसी पदाधिकारीहरु र अतिथिहरु सहभागि भएको भेलाको संबिधान शभाका सभामुख एबम सांसद माननीय सुबास नेम्बाङले आज एक भब्य समारोहका बिच समुद्घाटन गर्नु भएकोछ । एनआरएनए युरोप रिजनको आयोजनामा हुँदै गरेको कार्यक्रममा युरोप महादेशमा रहेका २९ वटा एनसीसीहरुले नेपालीहरुले भोग्नु परेका समस्या र समाधानका उपायहरुका बारेमा छलफल गर्नेछन भने सङ्गठन भित्र रहेका चुनौती र आगामी कार्ययोजनाका बारेमा पनि छलफल हुनेछ । सम्मेलनमा युरोपियन देशका एनआरएनए महिला फोरमले महिलाहरुका बारेमा र युबा समितीले युबापुस्ताका बारेमा छुट्टाछुट्टै कन्फ्ररेन्समा छलफल गर्नेछन ।


समारोहमा उपस्थित अतिथिहरुलाई संयोजक राष्ट्र एनआरएनए चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीले स्वागत गर्नु भएको थियो । कलाकारहरु खड्क न्यौपाने, मल्लिका कार्की, लगायतको समुहले राष्ट्र प्रेमले ओतप्रोत गीतहरु प्रस्तुत गरेर कार्यक्रमको भावुक सरुवात भएको थियो ।


कार्यक्रमको सफलताको शुभकामना दिदै एनआरएनएका निबर्तमान अध्यक्ष कुमार पन्तले संगठनको बर्तमान चिन्ताजनक अवस्थालाई सुधारका लागि गैर आबासीय नेपालीहरुको एकता एक मात्र उपाय भएकोले सनातिना मतभेद बिर्सेंर आगामी दिनमा संस्थालाई एकताबद्ध बनाउन आग्रह गर्नु भयो ।


एनआरएनए युरोप सन्योजक चिन्तामनी सापकोटाले संस्थालाई सफल र सबल बनाउन पार्ट्नरसिप फर प्रोग्रेसको अबधारणा ल्याएको बताउदै नेपाल सरकार देखि राष्ट्रिय अन्तरराष्ट्रिय संस्थाहरु सँग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।


एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्रि केसीले गैर आबासीय नेपालीहरुको लागि नेपाल सरकारले एनआरएनए मन्त्रालयको स्थापना गरेर प्रबासी नेपालीका समस्याको समाधान गर्न पहल गरोस भन्नु भयो ।संगठनलाई बिधान अनुसार र सदस्एयहरुको भावना अनुसार चलाउनु पर्नछ भन्आनुभयो । ए रएनएका अर्का अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकता लगायतका बिषयको सम्बोधनमा भएको ढिलाईले प्रबासका नेपालीले धेरै समस्या भोगिरहेको बताउदै भएका नियमहरुको पनि नेपाल सरकारका निकायले कार्यन्वायन गर्न नसकेको द्रिस्टान्त आँफै त्रिभुबन बिमानस्थल अध्यागमनमा भोग्नु परेको घटनाको उल्लेख गर्नु भयो । उहाले गैर आबासीय नेपालीका माग नसुनिए आन्दोलनमा उत्रिन सक्छौ भन्दै प्रवासका नेपालीहरुलाई नसमेटे सम्म नेपाल बिकास हुन सक्दैन भन्नु भयो ।


जर्मनी र चेक रिपब्लिकका लागि नेपाली राजदुत रामकाजी खड्का ले गैर आबासीय नेपाली संघले संयोजन गरेका कार्यक्रमहरुमा दुताबास सधैं सहकार्य गरेको छ भन्दै युरोपमा नेपालीहरुले आर्जन गरेको ज्ञान र सीपको भन्डार ब्रिद्धी हुँदै गएकोले नेपाललाई भबिस्यमा सहयोग पुग्ने बताउनु भयो । विश्वबजारको मन्दीको अवस्थामा दुताबास र एनआरएनहरुले नेपालका लागि अबसरको खोजी गर्नु आबस्यक रहेकोले त्यसका लागि पहल गर्न आग्रह गर्नु भयो ।

राष्ट्रिय स्वतन्त्रत पार्टिका नेता एबम सांसद मनिष झाले राजनितिमा देखिएको आशन,भाषन, शासन र रासनको बढावाले बिक्रिती ल्याएको बताउदै आँफै त्यस्ता बिषय त्यागेर समानताको सन्स्कृतिको बिकास गरौ भन्नु भयो । उहाले बिगतमा परिवर्तनका लागि गरिएका आन्दोलनको, सम्मान गरेर आजको चुनौतिलाई सामना गर्न सक्ने राजनिती चाहिएको छ भन्नु भयो । उहाले बिदेशमा रहेका नेपालीहरुले पनि नयाँ संस्कार सिक्नु पर्ने आबस्यक्ता औल्याउदै देशलाई परिवर्तन गर्नका लागी प्रबासबाट सकारात्मक सन्देश दिन आग्रह गर्नु भयो ।


नेपाली काङ्रेस पार्टिका प्रमुख सचेतक रमेश लेखकले नेपालीलाई नेपाल सँग जोड्ने एनआरएनएको अभियान हरेक अर्थमा सकारात्मक रहेको छ भन्दै एनआरएनए नागरिकताका लागि नेपाली काङ्रेस प्रतिबद्ध छ भन्नु भयो । उहाले नेपालको संबिधान बमोजिम गैर आबासीय नेपालीले प्राप्त गरेका अधिकार दिन ढिला भएकोछ र त्यसबाट देशलाई नै घाटा छ भन्नु भयो । छ महिना भित्र एनआरएन नागरिकता दिलाउन पहल गर्ने नभए तपाईंहरु संगै आन्दोलनमा लाग्छु लेखकले भन्नु भयो ।


संबिधान सभाका अध्यक्ष एबम सांसद सुबास नेम्बाङले बैचारिक बहस र कामका लागी पार्टिका फोरमहरु छन तर सबै नेपाली एउटै छातामा अटाउन एनआरएनएको फोरम आबस्यक छ, तसर्थ यो अभियान सबै बिचार र समुह , आस्था र भावनालाई समेट्ने गरी अगाडि बढोस भनेर शुभकामना दिनु भयो । राजनीति परिवर्तन भएको छ तर भएका काम सबै गलत भएको भाष्य निर्माण हुँदा कसैलाई फाईदा पुग्दैन भन्दै कमिकमजोरी सच्याएर देशको, उन्नतिको लागि सबै शक्तिको सहकार्य गरौ भन्नु भयो ।

उद्घाटन सत्रका सभापति एबम एनआरएनए युरोप सन्योजक सन्तोष भट्टराईले सम्मेलनमा सहभागी अतिथिहरु र प्रतिनिधिहरुलाई स्वागत र धन्यबाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भयो । उद्घाटन सत्रको सन्चालन एनआरएनए युरोप उपसन्योजक द्वय नबराज रोस्यारा र दयानिधि सापकोटाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.