एनआरएनए अस्ट्रियाको एनआरएन अभियन्ताहरु सँग अन्तर्कृया एबम स्वागत र सम्मान कार्यक्रम सम्पन्न,

0

गैर आबासीय नेपाली संघ अस्ट्रियाले संघका केन्द्रिय पदाधिकारी एबम युरोपका बिभिन्न देशबाट एनआरएनएको युरोपियन बैठकका लागि चेज रिपब्लिक जाने क्रममा रहेका एनआरएन अभियन्ताहरुलाई स्वागत र सम्मान गरेकोछ । भियनामा भेला भएका एनआरएनकर्मिहरु सँग अस्ट्रियाको नेपाली समुदायले एकताबद्ध भएर स्वागत तथा सम्मान गर्दै उहाहरु सँग अन्तर्कृया पनि गरेको हो ।
अस्ट्रियाका लागि नेपाली राजदुत भरतराज रेग्मीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनएका केन्द्रीय उपाध्यक्ष महेश श्रेष्ठ, आरके शर्मा, नारायण आचार्य र युबा उपाध्यक्ष राज रेग्मी र महासचिब केशब पौडेल बिशिष्ठ अतिथी हुनु रहनु भएको थियो ।
नेपाली राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा अस्ट्रीयाका नेपाली गायक शेखर लामाले प्रस्तुति दिनु भएको थियो भने अस्ट्रियाका नेपाली कलाकारहरु ले निर्माण गर्नु भएको गीतको भिडियो देखाइएको थियो । एनआरएन केन्द्रीय पादाधिकारीहरु र एनसीसी ^पदाधिकारी एबम सदस्यहरुले संघको एकता र आन्तरिक बिबादले बिग्रिएको छबी सुधारनु पर्नेमा बिशेष जोड दिनु भयो । निर्वाचन प्रणालिमा पारदर्शिता हुन नसक्दा संस्थानै बिभाजन भएकोले बिधि प्रकृयाको अबलम्बन र संस्थाको सर्बोपरि हितलाई ध्यानमा राखेर आगामी नेत्रित्व चयन् सर्बसम्मत गर्न पनि अनुरोध गर्नु भयो । दुई दशकको अबधिमा संगठनले हाशिल गरेको उपलब्धि धेरै महत्वपूर्ण छ भन्दै पदीय महत्वाकान्क्षा राख्नेहरुले संस्था प्रति इमान्दारिता राख्नु पर्छ भन्ने सुझाब दिनु भयो ।

कार्यक्रमलाई उपाध्यक्षहरु नारायण आचार्य, आरके शर्मा, राज रेग्मी र महेश श्रेष्ठ, महासचिब केशब पौडेल, उपमहासचिब रामशरण सिंखडा, युरोप सन्योजक चिन्तामणी सापकोटा , उपसन्योजक सागर सुबेदीले शुभकामना दिनु भएको थियो ।

त्यसै गरि एनआरएनए एनसिसी अध्यक्षहरु, रविन अधिकारी पोर्तुगल, शालिकराम डुम्रे स्पेन , मिम पुर्जा नेदरल्यान्ड, शैलेन्द्र अधिकारी डेनमार्क, छबिलाल कंडेल इटाली,गीता खनाल फ्रान्स, दीपक गौतम क्यानडा, बुद्दी सुबेदी अमेरिकाले पनि स्वागत र सम्मानका लागि एनसीसी अस्ट्रियालाई धन्यवाद दिनु भएको थियो ।

एनआरएनए मध्यपुर्ब सन्योजक मनोज गोर्खाली, युएईका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, प्रकाश भण्डारी उपाध्यक्ष एनआरएनए माल्टा, पूर्व आइसिसी सदस्य सुभाश जोशी,गुणराज शर्मा, आइसिसी सदस्य दिनेश गिरी लगायतले संगठनका गतिबिधीका बारेमा धारणा राख्दै सम्मानका लागि एनसीसी अस्ट्रियालाई धन्यवाद दिनु भएको थियो ।

एनआरएनए अस्ट्रियाकी अध्यक्ष भबानी तिवारीको सभापतित्वमा भएको उक्त सम्मान एबम अन्तर्कृया कार्यक्रमको सन्चालन एनआरएनए अस्ट्रियाकी प्रबक्ता शुभद्रा भण्डारीले गर्नु भएको थियो । अतिथिहरुलाई बरिष्ठ उपाध्यक्ष अनिता भुजेलले स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.