कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त

0

काठमाडौं : नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ । नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । 

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मा दिइने छ । खानेपानी र वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.