कोशी प्रदेशको नामकरण पहिचान बिरोधि भएको भन्दै नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले राजदुताबास मार्फत नेपाल सरकारलाई बुझायो ज्ञापनपत्र,

0

बासी जनजाती महासंघ बेल्जियमले कोशी प्रदेश नामाकरण पहिचान बिरोधि भएको र आदिबासी जनाजातीको भावनालाई समेट्न नसकेकोले खारेज गरिनु पर्ने माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुजाएकोछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई सम्बोधन गरिएको पत्रमा प्रदेश नामाकरण बिरुद्ध भैरहेको आन्दोलनलाई समर्थन गरिएको छ ।

प्रदेशसभाले घोषणा गरेको कोशी प्रदेश नामाकरण- ऐतिहासिक दस्ताबेज, प्राचिन शभ्यता, पहिचान, सामर्थ्य र सँघियताको आधारलाई निमिट्यान्न पार्न रचिएको षड्यन्त्र भएको र ऐतिहासिक जनआन्दोलन र जनयुद्धको भाबना बिपरित भएको पनि बिज्ञप्तिमा उल्लेख गरिएकोछ । नेपाल सरकारले बिभिन्न समयमा जनजाती आन्दोलन र अभियानकर्मिहरु सँग गरेका सम्झौता बिपरित र राज्य पुनसँरचना आयोगको प्रतिबेदन बिरुद्ध भएकोले त्यसको घोर भ्रत्सना गर्छौ भन्दै नयाँ नेपाल संबिधानको भाबना, प्रस्ताबना र मर्म अनुरुप र जनजाती पहिचान झल्कने गरी समाबेसी नाम राख्न माग गरिएकोछ ।


नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमको तर्फबाट संस्थापक अध्यक्ष पिजी शेर्पा र बर्तमान अध्यक्ष बीरमान मगरले ज्ञापनपत्र नेपाली राजदुतबास बेल्जियममा बुझाउनु भएकोछ । प्रदेशको नामाकरणको बिरोध जनाउन र ज्ञापन पत्र हस्तान्तरण गर्नका लागि नेपाल आदिबासी जनजाती महासंघका पदाधिकारीहरु र बेल्जियममा सकृय जातीय संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरु नेपाली राजदुताबास बेल्जियममा भेला हुनु भएको थियो ।

नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमको ज्ञपानपत्र बुझ्नको लागि समय दिएर दुताबासमा उपलब्ध नभएकोमा बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी प्रति महासंघका पदाधिकारीहरुले बिरोध जनाएका थिए । कार्यक्रमको बारेमा महासंघका अध्यक्ष बीरमान मगरले प्रकाश पर्नु भएको थियो भने शाहअजिकरण महासचिब पेम्बागेलु शेर्पाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.