रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

0

काठमाडौं : उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।

उनीहरुलाई सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । 

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.