तनहुँ : आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्ले करिब पाँच हजार मतान्तरले अग्रता लिएका छन् ।
आइतबार राति ११ः४५ बजेदेखि मतगणना शुरु भएकोमा हालसम्मको नतिजाअनुसार उनले ४ हजार ९ सय ९३ मतान्तरले अग्रता लिएका हुन् ।
हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले ११ हजार ४ सय २८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ३ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् ।