काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा–२ मा जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
आइतबार मतदान चलिरहेका बेला सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष राउतले उपचुनावका क्रममा बारा-२ का विभिन्न मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका हुन् ।
झिटकैयासहित केही बुथहरु अहिले पनि कब्जा पनि जसपाको कब्जामा रहेको उनको आरोप छ ।
उनले कतिपय बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नदिएको समेत गुनासो गरेका छन् ।