२७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक छेडाए जिब्रो

0

भक्तपुर : भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुरथिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

यस वर्ष पहिलो पटक २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् ।

जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

भक्तपुरको ऐतिहासिक एवं प्रसिद्ध विस्काः जात्रा अन्तर्गत प्रत्येक वर्ष वैशाख २ मा जिव्रो छेड्ने मनाउने गरिन्छ । 

Leave A Reply

Your email address will not be published.