नेपाली ब्यबसायी संघ बेल्जियमको पदस्थापन र बुझबुझारथ सम्पन्न,

0

नेपाली ब्यबसायी संघ बेल्जियमको नयाँ कार्यसमितिको पदस्थापन र बुझबुझारथ सम्पन्न भएकोछ । सोमबार लुभेनमा भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी लगायतका अतिथिहरुको उपस्थितीमा संघका निबर्तमान अध्यक्ष यामु निरौलाले नबनिर्बाचित अध्यक्ष चिरन कुमार खवास सहित नबनिर्बाचित पदाधिकारीहरुको पदस्थापन गराउनु भएकोछ ।

सोही अबसरमा निबर्तमान महासचिब मदन दवाडीले महासचिब जगदिश सापकोटालाई संस्थाका आधिकातिक कागजात र बिबरण हस्तान्तरण गर्नु भयो भने निबर्तमान कोषाध्यक्ष कासी दनैले कोषाध्यक्ष रामचन्द्र सुबेदी (भुबन) लाई आयब्यय बिबरण सहित सत्ताइस हजार नौ सय बयानब्बे युरो नगद र बैंक मौज्दात हस्तान्तरण गर्नु भयो ।

निबर्तमान पदाधिकारीहरुले संस्था संचालनका प्रकृया , भएका उपलब्धि र चुनौतीको बारेमा बताउनु भयो भने नयाँ कार्यसमितिले आगामी कार्ययोजना प्रस्तुत गरेको थियो । १६ बुदे कार्ययोजनामा बेल्जियममा नेपाली फुड फेस्टिबल गरेर नेपाली खानाको प्रबर्धन गर्ने, ब्याबसायिक समस्याका समाधानका लागि एक्स्पर्ट टिमको ब्यबस्था गर्ने, मेम्बरशिप डाटा र सहुलियत , आबस्यक जनशक्तिका लागि तालिम र अन्य ब्याबसायिक कार्यशालाको आयोजन गर्ने, संस्थाको आर्थिक श्रोतको ब्यबस्थापन, अन्य संस्थाहरुसँग सहकार्य, नयाँ ब्यवसाय गर्ने नेपालीहरुलाई सहयोग गर्ने लागायतका उद्यस्य राखिएकोछ ।

कार्यक्रममा संघका सदस्य बेदराज पुरीले संघको वेबसाइटबाट गर्न सकिने ब्याबासायिक कृयाकलाप र सदस्यहरुका लागि आबस्यक सुचना र सहयोगका बारेमा जानकारी गराउनु भएको थियो ।


कार्यक्रमको सुरुमा प्रमुख अतिथि बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र संघका निबर्तमान अध्यक्ष यामु निरौलाले पानसमा दीप प्रज्वलन गरि पदस्थापन समारोहको उद्घाटन गर्नु भएको थियो ।

राजदुत भण्डारी, नेबाबका पूर्व अध्यक्ष एबम सल्लाहकार अर्जुन श्रेष्ठ, एनआरएनएका केन्द्रिय सचिब गंगाधर गौतम, एनआरएनए बेल्जियम अध्यक्ष खड्क बहादुर केसी, नेपाल पत्रकार महसंघ बेल्जियम अध्यक्ष ओम शर्मा , पत्रकार सनत आचार्यले नेबाबको निबर्तमान कार्यसमिती ले गरेका कामको प्रशंशा गर्दै कार्यकाल पुरा गरेमा बधाई र नयाँ कार्यसमितिलाई सफलअताको शुभकामना दिनु भएको थियो । उहाहरुले संघले प्रस्तुत गरेका कार्ययोजनाका बारेमा बिबेचना गर्दै बिभिन्न सुझाब पनि दिनु भएको थियो ।


कार्यक्रमका सभापति एबम संघका नबनिर्बाचित अध्यक्ष चिरन कुमार खवासले कार्ययोजनाबारेमा आएका सुझाबलाई सकारात्मक रुपमा लिएको र भबिष्यमा सबैको सल्लाह सुझाब अनुसार नेपाली ब्यबासायीको हितमा काम गर्ने,अन्य संघ संस्थाका अभियानमा सहकार्य गर्ने र नेपाल र बेल्जियमका बिचमा ब्यापारिक सम्बन्ध बिस्तार गर्न प्रयास गर्ने प्रतिबद्ध्ता जाहेर गर्दै उपस्थित अतिथिहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । संघका निबर्तमान कोषाध्यक्ष एबम नबनिर्बाचित उपाध्यक्ष कासी दनैले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको पहिलो सत्र निबर्तमान महासचिब मदन दवाडी र दोश्रो सत्र नबनिर्बाचित महासचिब जगदिश सापकोटाले सन्चान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.