बेल्जियममा बाग्लुङका धन बहादुरको निधन,

0

बिगत चौध बर्ष देखि बेल्जियमको लुभेनमा बस्दै आएका बाग्लुङका धन बहादुर चर्मकारको निधन भएकोछ । केही बर्ष अघी उनको लिभर सम्बन्धी समस्या भएकोले अप्रेसन गरिएको थियो । पैतालिस बर्षीय चर्मकारको मंगलबार राती आफ्नै कोठामा निधन भएको हो ।

उनको पार्थिब शरीरलाई हेबर्ली ( हासरोद) Geldenaaksebaan 334 Heverlee 3001, स्थित पियुसमा राखिएकोछ । उनलाई श्रद्धानजली दिन चाहनेहरुको लागि बिहीवार दिउसो दुई बजे देखि चार बजे सम्म राखिएकोछ भने अन्तिम संस्कारको समय भोली बिहीवार तय गरिनेछ ।

आईतवार बिहान दश बजे देखि बाह्र बजे सम्म पनि श्रद्धान्जली दिन सकिने ब्यबस्था मिलाइएको बाग्लुङ समाज बेल्जियमले जनाएकोछ ।

स्वर्गीय चर्माकारकी ब्रिद्धा आमा, श्रीमती र रुपले असक्त छोरा र छोरी छन, उनीहरु नेपालमै छन । घरको आर्थिक अवस्था कमजोर भएकोले बाग्लुङ समाज बेल्जियमले सकेको सहयोग गर्नका लागि सबैलाई अनुरोध गरेकोछ ।

Leave A Reply

Your email address will not be published.