राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता

0

काठमाडौं : कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

आठ दलका नेता प्रस्तावक र समर्थक राखेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राजमो, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीको उनलाई समर्थन रहेको छ ।

उनको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।

Leave A Reply

Your email address will not be published.