राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

0

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीसहितका पाँच सांसद प्रस्तावक बसेका छन् भने अन्य पाँच सांसद नेम्वाङको उमेदवारीको प्रस्तावमा समर्थक बसेका छन् ।

शनिबार बिहान बसेको एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.