पशुपतिनाथमा विशेष पूजा गर्दा तिर्ने शुल्क बढ्याे

0

काठमाडौं, ६ फागुन । पशुपतिनाथको बिशेष पूजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।

पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देवउद्यान गौशालाले आज जारी गरेका सूचना अनुसार पराम्परागत पुजा र बिशेष पूजाको शुल्क बढोत्तरी गरिएको हो ।

 गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी  सार्वजकि सुचनामा भनिएको छ ।  

बिशेष प्रकृतिको पूजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले बिश्वास लिएको छ ।

Leave A Reply

Your email address will not be published.