मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भेटे, सुकुम्बासी बस्ती हटाउन मागे सहयोग

0

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

मेयर शाहले बागमती करिडोरमा रहेका सुकुम्बासी हटाउन सहयोग माग्दै प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । भेटमा थापाथलीमा रहेका सुकुम्बासी हटाउन सरकारको सहयोग मागेको मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।

प्रधानमन्त्री यस विषयमा सकारात्मक रहेको स्वकीय सचिव शाहले बताए ।

मेयर बालेनले यसअघि पनि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो ।

Leave A Reply

Your email address will not be published.