धनुषामा हिरासत तोडेर ६ जना थुनुवा फरार

0

धनुषा : धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् ।

आइतबार राति उनीहरु दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

दुई जना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् ।

उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.