नेपाली ब्यबसायी संघ बेल्जियमको सातौ अधिबेशन सम्पन्न,

0

नेपाली ब्यबसायी संघले संस्थाको सातौ अधिबेशन सम्पन्न गरेकोछ । जनवरी २३ सोमबार भएको अधिबेशनले निबर्तमान उपाध्यक्ष चीरन कुमार खवासको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकोछ ।

बेल्जियममा ब्यवसाय गर्ने नेपाली मुलका ब्यापारिहरुका बिच एकापसमा ब्याबसायिक हित प्रबर्धन र सामुहिक लागानी संगै सामुहिक प्रयत्न गरेर ब्यवसाय बिस्तार गर्न सहयोग गर्ने उद्द्यस्यले राधाक्रिष्ण अधिकारी लगायतका ब्यबसायीहरुको प्रयत्नमा सन २००६ मा स्थापना भएको संघले नेपालीहरुलाई परिश्रमि र ब्यबसायिक दक्षत्ता भएका इमान्दार ब्यबसायिहरुको चिनारी दिलाएकोछ ।बेल्जियमको नेपाली समुदायमा पनि नेबाब सकृय र रचनात्मक संस्थाको रुपमा स्थापित हुँदै गएकोछ ।

संघले नेपाली खानाको प्रबर्धनका लागि हरेक बर्ष नेपाली फुड फेस्टिभल, रेस्टुरेन्टको लागि आबस्यक हुने जनशक्ती सम्बन्धी तालिम,ब्यापार सम्बन्धी बिज्ञहरु सँग अन्तर्कृया , कार्यशाला गोष्ठी, अनुभब आदानप्रदान जस्ता उपयोगी कृयाकलाप गरीरहेकोछ ।

अधिबेशनले महासचिब मदन दवाडीले प्रस्तुत गरेको सस्थाको प्रगती प्रतिबेदन र कोषाध्यक्ष कासी दनैले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन छ्लफल गरी पारीत गरेकोछ ।

उद्घाटन सत्रमा बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले नेपाललाई युरोपमा चिनाउन नेबाबले गरेका नेपाली फुड फेस्टिबल लगायतका कामको प्रसंशा गर्दै आगामी दिनमा नेपाली दुतावासका अभियानमा यहाँका ब्यबसायीहरुको सहयोग रहोस र नेपालको ब्यापार युरोपमा प्रबर्धन गर्न सकियोस अपेक्षा राख्नु भयो । उहाले नेबाबले सिर्जनात्मक र उदiहरणिय काम गरेर नेपाली समुदायमा सकारात्मक सन्देश दिएकोछ र आगामी दिनमा यसलाई निरन्तरता दिन सकोस भन्दै शुभकामना दिनु भयो ।


एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसीले नेपाली ब्यबसायी संघले गर्ने काममा एनआरएनएले सहकार्य गर्दै आएको र भबिस्यमा पनि सामुहिक अभियानहरुमा हातेमालो गरेर नेपाली समुदायको हितमा काम गरौ भन्नु भयो ।

निबर्तमान समितिले गरेका काम र त्यसमा सुधार गर्नु पर्ने भए के कस्तो बिधी पद्धति अबलम्बन गर्ने र आगामी कार्यदिशा तय गर्ने भन्ने बिषयमा अधिबेशनमा उपस्थित बिभिन्न संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरु सँग अधिबेशनको उद्घाटन सत्रमा अन्तर्कृया गरिएको थियो ।

सो अन्तर्कृयामा बैचारिक संस्थाका पदाधिकारीहरु नेपाली जन प्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, प्रबासी नेपाली मन्च बेल्जियमकी महासचिब हरी भट्टराई , नेपाली जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, नेपाली जनसंपर्क समितिका महामन्त्री प्रकाश राज गिरीले आफ्ना सुझाब राख्नु भयो भने जातीय संस्थाहरुबाट तमु समाज बेल्जियमका अध्यक्ष ओमराज तमु, तमु धिं बेल्जियम अध्यक्ष प्रबिना गुरुङ, क्षेत्री समाजका अध्यक्ष दीपक कार्कीले नेबाबका बारेमा सुझाब सहित टिप्पणी गर्नु भयो ।

त्यसै गरी क्षेत्रीय र सामाजिक संस्थाहरुबाट राजु घिमेरे अध्यक्ष चितवन सहायता समाज, पुष्प नेपाल पुर्बेली समाजका लुभेन क्षेत्रीय संयोजक , झलक केसी अध्यक्ष अन्तरराष्ट्रिय पर्बत समाज, रकेन्द्र घिमिरे अध्यक्ष मोना बेल्जियम, नारायण अधिकारी अध्यक्ष साङ्ग्रिला समाज, भिम सुबेदी अध्यक्ष ब्रुसेल मिलन केन्द्रले नेबाबका बारेमा आफ्ना राय सुझाब राख्नु भएको थियो ।

गैर आबासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु सचिब गंगाधर गौतम, कोषाध्यक्ष लोक दाहाल, युरोप उपसंयोजक चित्र सुबेदी, युरोप युबा उपसंयोजक दीपक न्यौपानेले पनि नेबाबका गतिबिधी र त्यसले नेपाली समुदायमा पारेको प्रभाब र सुधार गर्नु पर्ने आदि बिषयमा सुझाब दिनु भयो । त्यसै गरि एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष प्रेम गुरुङ, एनआरएनए फाउन्देशन बेल्जियमका सन्योजक पदम गुरुङ, जन संपर्क समिती बेल्जियमकी निबर्तमान सभापति सिता सापकोटा र नेबाबका निबर्तमान अध्यक्ष सिपी भट्टले पनि आफ्ना धारणा र सुझाब राक्नु भएको थियो ।

अन्तर्कृयाको अर्को एक सेसनमा एनआरएनए लक्जेम्बर्गका अध्यक्ष एबम ब्यबसायी हरी खत्री र ब्यबसायी संघ नेदरल्यान्डका अध्यक्ष अंमिर देबकोटाले पनि ब्याबसायिक अनुभब साझा गर्दै संस्थागत सहकार्यका लागि नेबाबलाई सुझाब दिनु भएको थियो । पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा र पत्रकार महिन्द वाइबाले नेबाबको बिगत र आगामी गतिबिधिको बारेमा समालोचना र टिप्पणी गर्नु भएको थियो ।

बेल्जियममा सकृय एउटा संस्थाको गतिबिधीलाई अन्य संघ संगठनले कसरी हेरेका छन , आगामी दिनमा बेल्जियम नेपाली समुदायलाई सबलिकरण गर्न र भात्रित्व र एकता मजबुत बनाउने कसरी सहकार्य गर्न सकिन्छ भन्ने अबधारणामा नेबाब द्वारा गरिएको अन्तर्कृया र छलफलले नयाँ सोचको बिकास हुने विश्वाश बढाएकोछ । परम्परागत आशन, भाषण र शुभकामनामा सिमित हुने गरेका संगठनका अधिबेशन भन्दा फरक आगामी दिनका लागि सुझाब, बिगतको समिक्षा सामुहिक रुपमा गर्दा अधिबेशन अझ बढी प्रभाबकारी देखिएको थियो ।


त्यसै गरि नेबाबको सहकार्यमा नेपाली ब्यबसायिहरुलाई सहुलियतमा आफ्नो सेवा र समान दिएका कोल्रराइटका सुपरमार्केट फ्रान्क दिएल्स , रेदियस फ्युल कम्पनीका जेसिकाको टिम ,नेपाली मुलका दोश्रो पुस्ताका युबाहरु रोशन श्रेष्ठ, बिजय सापकोटा र सुमित पौडेलको एबे अनलाइन प्लेट्फार्म कम्पनी , नेपाली आइटी कम्पनी सर्बनाम पोसका लोकराज शर्माले नेबाबसँग सहकार्य गर्ने र गरिरहेकोलाई अझ फाईदाजनक बनाउन सकिने बारे आ-आफ्न कम्पनीका ब्यापiरिक योजनाबारे जानकारी गराएका थिए । नेबाबकी सदस्य निशा गुरुङले आफ्नो ब्यवसायबाट सानो रकम छुट्ट्याएर नेपालका अति बिपन्न बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न सहयोग गर्न अनुरोध गर्दै आफ्नो योजना प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा निबर्तमान हुँदै गरेका नेबाबका अध्यक्ष यामु निरौलाले प्रमुख अतिथि महमहिम राजदुत राजभन्डारी, एनआरएनए लग्जेम्बर्ग अध्यक्ष हरी खत्री, नेपाली ब्यबसायी संघ नेदरल्यान्ड अध्यक्ष अंिर देवकोटा, लग्जेम्बर्गका ब्यबसायी जित बहादुर थापा, संस्थाका पूर्व अध्यक्षहरु, एनआरएनए बेल्जियम अध्यक्ष खड्क केसी, लगायत संस्थाले आयोजना गरेका कार्यहरुमा नेत्रित्व गरेका उपाध्यक्ष चिरन कुमार खवास , कौशल खनाल, महासचिब मदन दवाडी, कोषाध्यक्ष कासी दनैका साथै कार्यसमितीका सहकर्मिहरुलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद दिनु भएको थियो । निरौलाले आफ्नो कार्यकालमा भएका तितामिठा अनुभब सुनाउदै संस्थाका गतिबिधिमा सहयोग गर्ने सबैलाई धन्यबाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

नेबाबका महासचिब मदन दवाडीले सन्चालन गर्नु भएको कार्यक्रममा अधिबेशन ब्यबस्थापन समिती सन्योजक जगदिश सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.