हवाई क्षेत्र सुरक्षित र व्यवस्थित बनाउने पर्यटनमन्त्री किरातीको प्रतिबद्धता

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाइने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र दुर्घटना दोहरिन नदिनका लागि नागरिक उड्ययन प्राधिकरणलाई आवश्यक निर्देशन दिएको जानकारी दिएका हुन् ।

मन्त्री किरातीले पोखरा विमान दुर्घटनापश्चात जाँच गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार छानविन समिति गठन भएको र समितिलाई स्वतन्त्रपूर्वक काम गर्न सहयोग गर्ने जानकारी दिए ।

त्यसअघि बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले दुर्घटनाका बिषयमा जानकारी गराउन माग गरेका थिए । सरकार जनताको पीर मर्का र समस्या प्रति उदाशिन हुन नसक्ने उनको भनाइ थियो ।

कांग्रेसले सरकार सदनप्रति उदासिन, पीडित परिवारकाप्रति निरपेक्ष र जनताकाप्रति कर्तव्यविमुख हुन नमिल्ने समेत जनाएको छ ।

सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरुको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको कांग्रेसको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.