लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै

0

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन् । 

आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् । 

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ । 

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जसपा, लोसपा र जनमतका तीन/तीन र दुई स्वतन्त्र सासदसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । 

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । सत्तापक्षको स्पष्ट बहुमत रहेकाले सहजै विश्वासको मत पाउने देखिन्छ ।  

प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् । 

विश्वासको मत लिएपछि मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ । ११ सदस्यीय मन्त्रिमण्डल बनेको अवस्थामा एमालेले बढीमा पाँच मन्त्रालय पाउने सम्भावना छ । 

माओवादीले चार मन्त्रीमा दाबी गर्दै आएको छ । एमालेले माओवादीलाई दुई मन्त्रालयमात्र प्रस्ताव गरेको छ । 

साना दलमध्ये कुनै एक दललाई मन्त्री नदिएर विषयगत समितिको सभापति दिएर मनाउन सकेको अवस्थामा मात्र माओवादीले तीन मन्त्रालय पाउन सक्ने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.