मन्त्रिपरिषद् विस्तार आज : कुन पार्टीलाई कुन मन्त्रालय ?

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको सत्ता गठबन्धन दलको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याउँदै मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो । 

बैठकपछि उप प्रधान एवं गृहममन्त्री रवि लामिछानेले मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुने जानकारी दिए । उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने बताए । 

बैठकमा एमालेलाई सबैभन्दा धेरै ८ मन्त्रालय र माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको छ । 

एमाले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउने भएको छ ।

माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने भएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३  र जनता समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएका छन् । 

राप्रपाले उपप्रधानसहित उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । 

Leave A Reply

Your email address will not be published.