लुम्बिनीमा आज एमाले नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

0

काठमाडौं : लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेश गर्ने भएका छन् ।

प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाको एक दिन अगाडि नै दलहरूले दाबी पेश गर्न लागेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए । तर सत्तारूढ दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्ने निर्णय गरेका हुन् ।

लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्दैछन् ।

सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले आज सरकार गठनका लागि बहुमतसहितको दाबी पेश गर्ने सहमति गरेको हो ।

आज कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेश गर्ने तयारी छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट २ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.