प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।

बैठक बिहान ११ बजे बस्नेछ । प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरूले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्यान्डेट प्राप्त हुनेछ ।

दाहालले विश्वासको मत पाउन नसकेमा नयाँ प्रधानमन्त्रीको प्रक्रिया शुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.