गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन- प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउनू

0

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

व्यक्तिगत सुरक्षा, चालक वा सहयोगीको रूपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला कार्यालयले चालक फिर्ता नगरिदिन निर्देशन दिएको हो ।

‘प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र.म. निवास), बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ, प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ ।

Leave A Reply

Your email address will not be published.