बागमती प्रदेशमा पुस २५ गतेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान

0

काठमाडौं : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।

शर्माले आज संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्क्री नियुक्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । बागमतीमा ७ वटा दलको प्रतिनिधित्व रहेको छ ।

केन्द्रमा बनेको नयाँ समीकरणअनुसार बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मिलेर सरकार बनाउने अवस्था छ ।

प्रदेशसभामा एमालेको २७, माओवादीको २१ र राप्रपाको १३ सांसद छन् । यी ३ दलको मत जोड्दा ६१ हुन्छ । जुन सरकार गठनको लागि बहुमत हो ।

सत्ता गठबन्धनबाहिर रहेको नेपाली कांग्रेसका ३७, समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

Leave A Reply

Your email address will not be published.