सरकारको साझा कार्यक्रमको मस्यौदा आज टुंगो लगाउने सत्ता साझेदार दलहरुको तयारी

0

काठमाडौं : सत्ता साझेदार दलहरुले आज सरकारको साझा कार्यक्रमको मस्यौदा टुंगो लगाउने तयारी गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा न्यूनतम साझा कार्यक्रम आजसम्ममा टुंगो लगाउने समझदारी भएको थियो । सोही अनुसार आज बस्ने सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रमको मस्यौदा टुंगो लगाउने तयारी छ ।

न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालन र यसका काम कारबाहीका विषय समेटिने बताइएको छ । आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम बनाउने दलहरूको तयारी छ ।

न्यूनतम साझा कार्यक्रम ल्याएर प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने गठबन्धनको तयारी छ ।

Leave A Reply

Your email address will not be published.