एकीकृत समाजवादी अनिर्णित, सरकारको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारको विषयमा आवश्यक निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । 

आज काठमाडौंमा सम्पन्न बैठकले सरकारलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने सम्पूर्ण निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिएको हो । 

सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने र सरकारको नीति तथा कार्यक्रम पनि हेर्नुपर्ने भएकाले आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको बैठकपछि नेताहरुले बताए ।

यसअघि स्थायी समिति बैठक सरकारको विषयमा निर्णयमा पुग्न नसकेपछि पोलिटब्यूरो बैठक बोलाइएको थियो । 

बामपन्थीहरुबीच एकता र सहकार्य गर्नका लागि आवश्यक गृहकार्य गर्ने जिम्मेबारी पनि बैठकले सचिवालयलाई नै दिएको छ । 

बैठकले अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि ठोस कदम चाल्न पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । 

समाजवादीले तत्काल उखुको समर्थन मूल्य तोक्न र मिटरव्याजीहरुलाई कारवाही गर्न पनि माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.