प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

0

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । 

आइतबार पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

उद्‌घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका साथ हर्षबढाइँ गरिएको थियो ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको हो ।

विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभूषासहितको र्‍याली निस्किएका थिए ।

Leave A Reply

Your email address will not be published.