विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू : प्रधानमन्त्री दाहाल

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोमा असन्तुष्टि जनाएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई आज बिहान बालुवाटार बोलाएर निर्णय कार्यान्वयन नभएकोप्रति चासो देखाएका हुन् ।

प्रधानमन्त्री दाहालले निर्णय तत्काल कार्यान्वयन गर्न समेत अर्थमन्त्री पौडेललाई निर्देशन दिएका छन् ।

उनले  विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता भए त्यसलाई समेत फुकाउने निर्देशन दिएका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री पौडेल र अर्थसचिवलाई बोलाएर आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।

सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो देखाएका हुन् ।

सरकारले जनवरी एकदेखि विदेशवाट ल्याउने मोवाइलमा १८ प्रतिशत कर लाग्ने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।

विरोध भएपछि प्रधानमन्त्री दाहालले त्यसलाई रोक्न निर्देशन दिएपनि भन्सार र विमानस्थलले कानुन वनिसकेको भन्दै कार्यान्वयन गरेका थिएनन् ।

Leave A Reply

Your email address will not be published.