अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु

0

काठमाडौं : अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु भएको छ । ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ । 

नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न पर्यटकीय स्थानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएका छन् । 

नयाँ वर्ष सन् २०२३ लाई  स्वागत गर्न काठमाडौँको ठमेलमा आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लागेको छ । शनिबार बेलुकी ‘न्यू इयर इभको अवसरमा ठमेल उल्लासमय बन्यो ।  

ठमेलमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विशिष्ट व्यक्तिहरुको पनि सहभागिता भएका थिए । 

शनिबार राति ठमेलको नरसिहंचोक, जोपि रोड त्रिदेबीमार्ग सात घुम्ती लगाएका क्षेत्रमा स्वदेशी तथा विदेशीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

नयाँ वर्षलाई विश्वका प्रमुख शहरहरुमा पनि भब्य स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतमा आतिसवाजी र भव्य सांगीतिक कार्यक्रमहरु आयोजना गरिएका छन् । 

ग्रेगोरियन पात्रोअनुसार इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको हो  । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । 

विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको इस्वी संवत प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन नयाँ वर्षको आरम्भका रुपमा भव्यताका साथ मनाइन्छ । 

Leave A Reply

Your email address will not be published.