प्रबासमा तमु संस्कृति संरक्षणका लागि ल्होसार पर्बको महत्व दर्शाउदै – तमु समाज बेल्जियमले मनायो ल्होसार,

0

तमु समाज बेल्जियमले गुरुङ समुदायको नयाँ बर्ष ल्होसार शुभकामना आदान प्रदान र सांगितिक कार्यक्रम सहित भब्य रुपमा सम्पन्न गरेकोछ ।

शुक्रबार साँझ आयोजित कार्यक्रममा बेल्जियमका बिभिन्न शहरमा बस्ने नेपालीहरु लुभेनमा जम्मा भएका थिए । गुरुङ समुदायको प्रम्परागत पोशाक घलेक, बख्खु , र गरगहनाले सुसज्जित तमु महिला पुरुषहरुले आफ्ना सांस्कृतिक बाजागाजा सहित नाच प्रस्तुत गरेका थिए । तमु आमा समुहका कलाकारहरुले परम्परागत न्रित्य प्रस्तुत गरेका थिए भने युबायुबतीहरुले आधुनिक गीत संगीतका साथै गुरुङ भाषाका गीत र न्रित्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतीथि बेनेलक्सका लागि महामहिम राजदुत गेहेन्द्र राजभन्डारीलाई पनि गुरुङ जातिको पोशाक पहिर्‍याएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाई आर्थिक र भौतिक सहयोग गर्ने बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनो सहित् सम्मान गरिएको थियो । गुरुङ्ग समुदायका अग्रज ब्यक्तित्व क्याप्टेन जोगमान गुरुङलाई पनि उहाको निरन्तर सहयोग अबिभाबकत्वका लागि सम्मान गरिएको थियो । ल्होसार पात्रो अनुसार बर्ग परिवर्तन भएका अग्रजहरुलाई पनि सम्मान गरिएको थियो ।


औपचारिक कार्यक्रममा शुभकामना दिदै प्रमुख अतीथि राजदुत राजभन्डारीले प्रबासमा आफ्नो मौलिक पहिचान संस्क्रिति संरक्षणका लागि तमु समाजले गरेको प्रयासका लागि खुशी ब्यक्त गर्नु भयो ।


गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क केसीले नेपाल बिभिन्न जातजाती र सन्स्क्रितिको धनि देश भएकोले हामी सबै मिलेर हाम्रा चाडपर्ब मनाउदै गर्दा आगामी पुस्तालाई राम्रो सन्देश जान्छ भन्दै एनआरएनए बेल्जियमले नेपाली समुदायको एकताका लागि काम गरिरहेको र आगामीदिनमा आपसी भाईचार बढाउन लाग्नेछ भन्नु भयो ।


जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले देशको संबिधानले ब्यबस्था गरेको अधिकार जनजातिहरुले पाउनु पर्ने र त्यसको लागि आफु सक्षम बन्नु पर्ने बताउनु भयो । बैदिक कालबाट चलेका कुसंस्कार अन्त्य गर्न पनि सबैलेले प्रयास गर्न जरुरी छ, मगरको भनाइ थियो ।


एनआरएनए फाउन्डेशन बेल्जियमका अध्यक्ष पदम गुरुङले फाउन्डेसन एनआरएनएको प्रतिस्पर्धी संस्था नभएको विश्वाश दिलाउदै नेपाली समुदायको हित र देशबिकासमा मिलेर काम गर्न आह्वान गर्नु भयो । ग्रीन हाइड्रोजनको देश बिकासका लागि कोशेढुङा हुन सक्ने भएकोले फाउन्डेशनले ल्याएको उक्त योजना सफल बनाउन सहयोग गरी दिन पनि गुरुङले अनुरोध गर्नु भयो ।


कार्यक्रमको ब्यबस्थापन संयोजक नन्दु घलेले सहयोगि र शुभचिन्तकहरुलाई धन्यवाद दिनु भएको थियो । समाजका उपाध्यक्ष राम घलेले अतिथिहरुलाई मन्तब्य सहित स्वागत गर्नु भएको थियो भने सल्लiहकार होम तमुले तमु संस्क्रिती बारे बर्णन गर्नु भएको थियो । तमुसमाज बेल्जियमका अध्यक्ष ओम राज गुरुङको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब सुर्य गुरुङ र नन्दु घलेले गर्नु भएको थियो ।


औपचारिक कार्यक्रम पछि भएको सान्स्कृतिक कार्यक्रममा गायिका सुनीता दुलाल, देभिड शंकर लगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए । सांस्कृतिक कार्यक्रमको सन्चालन रिचा गुरुङले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.