खुशीयालीमा देशभर आमसभा र र्‍याली गरिने

0

काठमाडौं, ३ असोज । प्रमुख तीन दलले संविधान जारी भएको खुशीमा संयुक्त रुपमा विभिन्न कार्यक्रम गर्ने भएका छन् । आइतबार एमाले मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी काँग्रेस, एमाले र एकीकृत माओवादीका महासचिवहरुले संविधान जारी भएपछि गरिने कार्यक्रमहरुबारे जानकारी गराएका हुन् ।
दलहरुले राजधानी काठमाडौसहित देशका विभिन्न भागमा आमसभा गरी  संविधानका विशेषताहरुबारे जनतालाई जानकारी गराउने जनाएका छन् ।
सोमबार काठमाडौका विभिन्न स्थानबाट र्‍याली निकालेर खुल्लामञ्चमा आमसभा गरिने र आमसभालाई तीन दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सोमबार सिंहदरवारमा प्रधानमन्त्रीले चियापान र असोज ५ गते दशरथ रंगशालामा एमालेले चियापान कार्यक्रम आयोजना गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा तीन वटै पार्टीका महासचिवहरुले नेपाली जनता आफ्ना जनप्रतिनीधिहरुमार्फत संविधान लेख्न सफल भएको भन्दै सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे । उनीहरुले नयाँ संविधानमा केही कमी कमजोरी भए त्यसलाई सच्चाउन तयार रहेको भन्दै असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह पनि गरे ।

Leave A Reply

Your email address will not be published.