एन आर एनका नेताहरु सँग अन्तर्कृया हुँदै

0

चारदिशा , बेल्जियम ,

गैर आबासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको अक्टोबर महिनामा नेपालमा हुनगैरहेको सम्मेलनको तयारी तिब्र गतिमा भैरहेको छ । त्यस संगै प्रबासी नेपालीहरुको यस साझा संगठनको आगामी कार्यकालका लागि नेत्रित्वको दाबी गर्ने संगठनका अगुवाहरुको लामै ताती देखिदैछ । बर्तमान अध्यक्ष शेस घले आगामी दुई बर्षका लागि पुन दोहरिन चाहन्छन भने बर्तमान उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिब रतन झा पनि अध्यक्षका लागि पर्तिष्पर्धामा छन ।
संगठनले आफ्नो स्थापनाको एक दशक पार गर्दा संसारका ७० देशहरुमा आफनो सन्जाल बिस्तार गरीसकेको छ । नेपाल सरकारको कुटनितिक पहुच नभएका देशहरुमा एन आर एन ए को सन्जाल नै सम्बन्ध स्थापना गर्ने आधार भएको छ भने नेपाली नागरिकलाई बिदेशमा आउने हरेक समस्या समाधानको लागि सेतुको काम पनि यही संगठनले गरीरहेको छ ।

परोपकारी चरित्रको यस अभियानमा भिन्न भिन्न  इच्छा र आकान्क्षा जोडीदा यसको नेत्रित्वमा जान चाहनेहरुलाई सँस्थालाई उदेश्य अनुरुप चलाऊन इमान्दारी पूर्वक सँचालन गर्नु  जति जरुरी छ त्यतिनै कठिन पनि हुँदै गैरहेको छ  ।
आफ्नो इमान्दारी र संगठन प्रतिको निष्ठाको परिक्षण गराउन युरोप महादेशबाट अन्तरराष्ट्रिय परिषदको लागि बिभिन्न पदमा  उम्मेदवारी प्रस्तुत गर्नु भएका बिभिन्न ब्यक्तीत्वहरु सँग नेपाल पत्रकार महासंघ युरोप शाखाले यही सेप्टेम्बर २२ तारिख अन्तर्कृया कार्यक्रम गर्दै छ ।
संघठनलाई अहिलेको अवस्था भन्दा अझ उचाइमा पुर्याउन नेत्रित्वका आकाङ्क्षीहरुको भाबी कार्ययोजनाको प्रस्तुती रहने उक्त कार्यक्रममा प्राय जसो सबै उम्मेदवारहरुको उपस्थिती रहने पत्रकार महासंघले जानकारी गराएको छ । सो कार्यक्रममा प्रस्तुत गरीएका उपस्थित उम्मेदवारहरुका भनाइ र प्रतिबद्धताहरुलाई बिभिन्न टेलिभिजन , रेडियो र पत्रपत्रीकाहरु बाट प्रसारण गर्ने पत्रकारहरुले जानकारी गराएका छन ।

 

 

 

Leave A Reply

Your email address will not be published.