कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक अपराह्न केन्द्रीय कार्यालय सानेपामा बस्ने तालिका छ । केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन् ।

बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने नेताहरूले बताएका छन् ।

आजको बैठकपछि संसदीय दलको निर्वाचनको मिति पनि तय हुनसक्ने बताइएको छ ।

यसअघि शनिवार दिउँसो सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरूसँग भेट गरेका थिए ।

संसदीय दलको नेतामा सभापति देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह लगायत आकांक्षी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.