समानुपातिक प्रणालीबाट निर्वाचित सांसदले आज प्रमाणपत्र पाउँदै

0

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई आज प्रमाणापत्र वितरण गरिँदैछ ।

आज अपरान्ह प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालयमै रहेकाले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा र प्रतिनिधि सभा सदस्यलाई आयोग परिसरमै प्रमाणपत्र वितरण गर्न लागिएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका एक सय १० र प्रदेश सभाका दुई सय २० गरी समानुपातिक निर्वाचन प्रणालीबाट तीन सय ३० जना निर्वाचित भएका छन् ।

यसैबीच निर्वाचन आयोगले सोमबार जलपान कार्यक्रम गर्ने भएको छ । तीन तहका चुनाव सफलतापूर्वक सम्पन्न भएपछि आयोग परिसरमै जलपान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख लगायत विशिष्ट व्यक्तिहरुलाई समेत निम्ता गरिएको छ ।

Leave A Reply

Your email address will not be published.