बिहारमा विषाक्त मदिरा सेवनबाट ४३ जनाको मृत्यु

0

काठमाडौं : भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु भएको छ ।

भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो ।

स्थानीय सञ्चार माध्ययमका अनुसार थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु हुनेको संख्या ४३ पुगेको हो ।

यस्तै सो क्षेत्रमा सरकारले मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएको भएपनि लुकिछिपी बिक्री तथा सेवना गरेको पाइएको छ ।

भारतीय प्रहरीले उक्त मदिरा र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.