निर्वाचन आयोगले आज राष्ट्रपति भण्डारीलाई चुनावी प्रतिवेदन बुझाउँदै

0

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न चुनावी नतिजाको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ ।

मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ ।

प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष प्रस्तुत गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ ।

४ मंसिरमा भएको चुनावबाट प्रत्यक्षमा प्रतिनिधिसभामा १६५ र प्रदेशमा ३ सय ३० जना विजयी भएका छन् ।

समानुपातिकबाट प्रतिनिधिसभामा १ सय १० र ७ प्रदेशमा २२० गरी ३ सय ३० सांसद विजयी भएका छन् ।

Leave A Reply

Your email address will not be published.