डिसोफ बेल्जियमले मनायो अन्तरराष्ट्रिय अपाङ्ग दिवस

0

नेपालका सारिरिक रुपमा अशक्त्त ब्यक्तिहरुलाई सहयोग गर्ने उद्द्यस्यले खोलिएको डिस्याबलिटी इन्टरन्यासनल सोलिडारिटी फोरम (डिसोफ) बेल्जियममा अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अबसरमा भेटघाट, शुभकामना सहित संस्थागत गतिबिधि बारे जानकारी गराएकोछ । सन २०१६ बाट सक्रिय रहेको संस्थाले नेपालका बिभिन्न जिल्लामा परोपकारी काम गर्दै आएकोछ ।

कार्यक्रममा संस्थाका अध्यक्ष डिल्ली सुब्बाले असक्त अपाङ्ग लगायत बिशेष क्षमताका सबै ब्यक्तिहरुले समान अधिकार उपभोग गर्न पाउने बातावरण बन्नु पर्ने बताउदै नेपालका बिभिन्न स्थानमा अत्यन्त कठिन जीबन बिताइरहेका नेपाली दाजुभाइहरुलाई सहयोग गरिएको जानकारी गराउनु भएको थियो । दृष्‍टिबिहिन बालबालिकालाई पढ्नको लागि ब्रेनलिपी ल्यापटप, अपाङ्गका लागि व्हुईलचियर , पाठ्यसामग्री बितरण र केही आर्थिक राहत पनि बितरण गरेको र सो का लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्र र रबि लामिछानेद्वारा सुरु गरिएको रासकोट अस्पातल निर्माणका लागि पनि सस्न्थाले सहयोग गरेकोछ।

संस्थाकी कोषाध्यक्ष निर्मला परियारले निरन्तर रुपमा आर्थिक सहयोग गरेर दिन दुखीहरुको सेवामा साथ दिएका सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि सकेको सहयोग गरेर पुन्य काममा सहभागि हुन अनुरोध गर्नु भएकोछ ।

कार्यक्रमको सहजिकरण गरेका दौलत साम्बाले संस्थाले गरेका सहयोगको विवरण प्रस्तुत गर्दै स्लाईड सो मार्फत भिडियो फोटो सहित सहयोग गरेका ब्यक्तिहरु नाम र सहयोग रासी एबम सहयोग सामाग्री देखाउनु भएको थियो । संस्थाले गरेका सहयोगको बारेका नेपालका संचारमाध्यममा प्रकाशित सामाग्री पनि प्रस्तुत गरिएको थियो । कास्की, बाग्लुङ, तनहुँ, झापा , पाँचथर, लमजुङ, म्याग्दी लगायत जिल्लामा बिभिन्न सहयोग गरिएको विवरण प्रस्तुत गरिएको थियो ।

बेल्जियमको ब्रुजमा भएको कार्यक्रममा संस्थालाई सहयोग गर्ने ब्यक्तिहरुको उपस्थितिमा आगामी दिनमा पनि यो परोपकारी अभियानलाई अझ सक्रिय बनाएर धेरै भन्दा धेरै ब्यक्तिहरुलाई सहयोग पुर्‍याउने प्रतिबद्धता जाहेर गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.