माओवादीले भन्यो- सरकार बनाउन सबै विकल्प खुला

0

काठमाडौं : सत्तागठबन्धनको प्रमुख दल माओवादी केन्द्रले एमालेसँग पनि सहकार्य हुनसक्ने संकेत गरेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री नदिने संकेत गरेपछि माओवादी केन्द्रले जुनसुकै दलसँग पनि सहकार्य हुनसक्ने जनाएको हो । 

शनिबार निर्वाचन समीक्षा र सरकार गठनबारेको छलफल गर्न बसेको बैठकले जुनसुकै दलसँग पनि सहकार्य हुनसक्ने दाबी गरेको हो । ‘सत्तागठबन्धन गठबन्धन छोड्ने निर्णय गरिएको छैन । अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ’ माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले भने । उनले एमालेसँग सहकार्य गर्ने नगर्नेबारेमा ठोस निर्णय नभएपनि जुनसुकै दलसँग मिलेर जान सकिने संकेत गरेका छन् । 

तर, माओवादी केन्द्रका अर्का नेता लिलामणि पोख्रेल एक कार्यक्रममा एमालेसँग पनि सहकार्य हुनसक्ने संकेत गरेका थिए । विशेषगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई मिलेर जाने सहमति जुटाउन फोन गरेपछि माओवादी केन्द्र आफूलाई फाईदा नभए गठबन्धन छोड्ने तयारीमै पनि देखिएको हो । 

तर, नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले भने माओवादी केन्द्रले गठबन्धन नछोड्ने संकेत गरेकी छिन् । ‘माओवादी केन्द्रले गठबन्धनमा कुनै घात गर्दैन, अहिलेसम्म गठबनन्धनलाई नै अघि बढाउने हाम्रो सहमति छ,ʹ उनले भन्नि । साथै उनले प्रधानमन्त्रीमा माओवादीको दाबी स्वभाविक रहेको पनि बताएकी छिन् । 

यता, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले पनि सबैले गल्ती कमजोरी सुधारेर वामएकताका लागि पहल हुनुपर्ने प्रतिक्रिया दिएका छन् । 

‘अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ’, नेम्वाङले भने । उनले एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादी र माओवादीलाई सहकार्यमा आउन अपिल समेत गरेका थिए ।  

‘प्रत्येक निर्वाचनमा मतदाता ठगिएका छन् । देखिने र सुनिने गरी जिम्मेवार प्रतिपक्षी बन भनेर राजनीतिक परिक्षणको लागि सानो संख्या मात्र दिएर सदनमा पठायो– हरेक साना दलहरू पनि सरकारमै जान खुट्टा उचाल्छन्, बरू काँग्रेस÷एमालेले सरकार बनाएर अरु सबै दल प्रतिपक्षमा बस्नुपर्छ, राजनीतिक विश्लेषक मुमाराम खनालले भने । उनले माओवादी केन्द्र अझै पनि कोसित सरकारमा जाँदा फाईदा हुन्छ भन्ने दाउ मात्रै हेरिरहेको बताएका छन् । तरपनि, प्रचण्ड सहित माओवादीका शीर्षस्थ नेता गठबन्धनमा भाग नमिले एमालेसँग मिलेर सरकार बनाउने तयारीमा जुटेको छ । 

Leave A Reply

Your email address will not be published.