मुलुकको अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । 

आज आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको छलफलमा उनले कोरोनाको संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको बताएका हुन् । 

अर्थमन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको समेत दाबी गरे । मिश्रित अर्थतन्त्र एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने सम्भवना नरहेको उनको भनाइ छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अर्थतन्त्र सुधारोन्मुख रहेको बताए । विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको उनको भनाइ छ ।

गर्भनर अधिकारीले बजार सुधारका लागि आफूहरू खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशंकित हुनु नपर्ने समेत बताए । 

कांग्रेस महामन्त्री गगन थापाले अब बन्ने सरकारले आर्थिक समस्याको समाधानमा गम्भीरता देखाएर काम गरे अर्थतन्त्रको समस्या समाधान हुने बताए ।

महामन्त्री थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्तालाई छिटो छिटो दिने निर्णय गरिरहेको आरोप लगाए । 

राजनीतिक दलमा ५० वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिष्पर्धा चलिरहेको उनको भनाइ छ । 

महामन्त्री थापाले नयाँ प्रधानमन्त्रीले आगामी एक वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्ने बारेमा सोचेर मात्रै नेतृत्व लिनुपर्ने समेत उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.