सत्ता गठबन्धनको सरकार बन्छ, कांग्रेसले नेतृत्व गर्छ : शेखर कोइराला

0

काठमाडौं : कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् । 

कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित आवश्यकता अनुसार अन्य दललाई गठबन्धनमा ल्याएर कांग्रेसले सरकार बनाउने बताएका हुन् । 

उनले सरकारको नेतृत्वको विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका साथीहरुसँग छलफल गर्ने बताए ।

नेता कोइरालाले कांग्रेसवाट संसद संख्याको आधारमा प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा नै बलियो रहेको समेत उल्लेख गरे । 

नेता कोइरालाले प्रधानमन्त्री उम्मेदवारमा महामन्त्री गगन थापालाई समर्थन गर्ने विषयमा छलफल गर्ने समय नभइसकेको बताए । उनले काठमाडौं फर्केपछि सबै नेतासँग छलफल गरेर आवश्यक निर्णय लिने बताए ।

Leave A Reply

Your email address will not be published.