समानुपातिकतर्फ एमालेको अग्रता कायमै

0

काठमाडौं : मंसिर ४ गते भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ८७ हजार ३१९ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई उछिन्दै पुनः राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५९ हजार ३२३ मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रको पक्षमा बिहान ७ बजेसम्म १० लाख ५२ हजार ७८८ मत खसेकाे छ ।

Leave A Reply

Your email address will not be published.