न्यान्सी पेलोसीद्वारा अमेरिकी सभामुखबाट राजीनामाको घोषणा

0

एजेन्सी : न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन् ।

अमेरिकी तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै उनले राजीनामा गरेकी हुन् ।

नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेकी हुन् ।

नयाँ पुस्ताको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहेको उनले उल्लेख गरेकी छिन् ।

८२ वर्षीय पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन् ।

सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एक मात्र महिला नेतृ पेलोसी थिइन् ।

Leave A Reply

Your email address will not be published.