काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति ठमेलस्थित एलओडी नाइट क्लव पुगे । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवा थिए । जसले ‘केपी बा’ भन्दै नारा लगाएका थिए ।
ओली एलओडी पुग्नुको कारण थियो, र्याप गाउनु । ‘सहर सहरमा ओली’ र्याप क्लबमा घन्कियो । जसमा एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ ।
जसमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भू–भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ ।
ओली आफैंले पनि र्याप गाएका थिए । ओलीले युवाहरुसँग केहीबेर भलाकुसारीसमेत गरेका थिए ।