रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

0

भैरहवा : भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित तीनजनाको मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया-४ पननीमा सोमबार बिहान ५ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवातर्फबाट गएको कारले ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ पर्न सकेका छैनन् । मृतक र घाइते एकै गाउँको रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा ओमसतिया(४ पननीकै वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु छन् ।

त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.